रोल्पा: रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। बिहीबार बिहानदेखि जारी खोजी तथा उद्धार अभियानका क्रममा ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको हो।यसअघि १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको पुष्टि भइसकेको थियो। घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्।हालसम्म ९ जना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा ४० वर्षीया जुनकुमारी पुन मगर,९ वर्षीय असिम पुन मगर,६ वर्ष