देउवाको स्वागतका लागि विमानस्थल नजिक तोकियो तीन स्थान

  • बिहीबार २८ साउन २०८३ ०४:२८ AM
काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन त्रिभुवन विमानस्थल नजिक तीनवटा स्थान तोकिएको छ । विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडि, नमस्ते गेटको अगाडि र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला हुन कार्यकर्ताहरूलाई आग्रह गरिएको हो । देउवा साढे पाँच महिना लामो विदेश बसाइ र उपचारपछि बिहीबार स्वदेश फर्किँदै छन्