काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फिर्ता हुँदै छन् । साढे पाँच महिनाअघि उपचारका लागि श्रीमती आरजु राणा देउवासहित सिंगापुर उडेका देउवा एक्लै स्वदेश फर्किन लागेका हुन् । देउवा बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । देउवाको स्वागतका लागि पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेता तथा कार्यकर्ता विमानस्थल जाने तयारी छ । नेता तथा कार्यकर्तालाई बिहान साढे ११ बजे विमानस्थलमा पुग्न भनिएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि देउवाको स्वागतका लागि विमानस्थल पुग्ने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा जेनजी आन्दोलनका क्रममा ... The post कांग्रेस पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै appeared first on Kalika Khabar.