पौडी खेल्नेक्रममा युवकको मृत्यु

  • बिहीबार २८ साउन २०८३ १०:०० AM
धादिङ : धादिङको रूविभ्याली गाउँपालिका-३ सेर्तुङका १९ वर्षीय नरेश घलेको थोपल खोलामा पौडी खेल्ने क्रममा बगेर मृत्यु भएको छ। धादिङबेसीमा बस्दै आएका घले बुधबार थोपल खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाको बहावमा बगेका थिए। घटनाको जानकारी पाएलगत्तै खोजी तथा उद्धारमा जुटेको प्रहरी टोलीले घटनास्थलबाट करिब तीन किलोमिटर तल पशुपति मन्दिर आसपास खोलामा उनको शव फेला पारेको हो।प्रहरीका अनुसार पौडी खेल्ने क्रममा खोलाको तीव्र बहावमा परेर घले बगेका थिए। केही समयको खोजीपछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।घलेक