धनगढी : ७ अर्बका भव्य संरचना, एक वर्षअघि नै संसदबाट कानुन पारित र ३ वर्षअघि नै ३०० शय्याको शिक्षण अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय। तैपनि, कैलालीस्थित गेटामा न ३ सय शय्याको अस्पताल बनाइयो, न त विश्वविद्यालयको पढाइ नै सुरु भयो। जहिल्यै स्वार्थको राजनीतिले गिजोल्यो। माफियाले अनेक षड्यन्त्र रचे।त्यसैकारण गेटा लामो समयसम्म अनिश्चयको भुमरीमा फसिरह्यो। तर, सुदूरपश्चिमेलीको दबाब र समयको मागअनुसार अब गेटामा ३ सय शय्याको अस्पतालसहित विश्वविद्यालयस्तरको अध्ययन/अध्यापन हुने विश्वास जागेको छ। तर,