सुनसरी । सरकारले सहिद घोषणा गरेपछि सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जका १९ वर्षीय रवीन्द्र मेहताको बुधबार अन्त्येष्टि गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मेहतासहित सुनसरी र सिरहाका विभिन्न घटनामा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेपछि परिवारले उनको शव बुझेको हो। सरकारको निर्णयपछि त्रिवि शिक्षण अस्पतालमा राखिएको मेहताको शव बुधबार हेलिकप्टरमार्फत देवानगन्ज ल्याइएको थियो।