वर्षौँदेखि रोकिएको उद्योगको बक्यौता उठ्न थाल्यो, एकैपटक ५१ करोड असुल

  • बिहीबार २८ साउन २०८३ ०३:५२ AM
काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको उद्योगको बक्यौता असुलीले गति लिएको छ। उद्योग मन्त्रालयले लामो समयदेखि बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ सरकारी खातामा फर्किएको हो। मन्त्रालयका अनुसार करिब ४० वर्षदेखि असुल हुन नसकेको उद्योगको भाडा बक्यौतासमेत पछिल्लो समय उठ्न थालेको छ। राज्यलाई तिर्नुपर्ने रकम