काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यसका लागि रु ६२ करोड २८ लाख बराबर खर्च गरिने छ । विद्यालयको भौतिक अवस्थालाई प्रचलित मापदण्डअनुसार सुधार गर्न विद्यार्थी सङ्ख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम तथा पूर्वाधारको आवश्यकताका आधारमा बजेट उपलब्ध गराइने कामपा शिक्षा विभागले जनाएको