सर्वोत्तम सिमेन्टको खुद नाफा १ अर्ब १० करोड नाघ्यो

  • बिहीबार २८ साउन २०८३ ०३:२० AM
काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताका बीच सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षमा खुद नाफा ७.७ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले एक अर्ब १० करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा करिब एक अर्ब दुई करोड रुपैयाँ रहेको