काठमाडौं: उच्च अदालत बार एसोसिएसन पाटनको आगामी निर्वाचनमा तीन समूहबीच प्रतिस्पर्धा हुने भएको छ। साउन ३० गते हुने निर्वाचनमा स्वतन्त्र कानुन व्यवसायी मञ्च, बृहत् प्रगतिशील तथा पेसागत समूह र लोकतान्त्रिक कानुन व्यवसायी समूहले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दिएका छन्।स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट अधिवक्ता भेषराज पोखरेल, बृहत् प्रगतिशील तथा पेसागत समूहबाट अधिवक्ता सेवन्तराज निरौला र लोकतान्त्रिक कानुन व्यवसायी समूहबाट अधिवक्ता देवीप्रसाद रिजाल अध्यक्ष पदका उम्मेदवार बनेका छन्। उच्च अदालत बार