काठमाडौँ । आयोग, सचिवालयसहित काठमाडौँ महानगरपालिकाका १७ वटा एकाइबाट चालु आर्थिक वर्षमा कार्यान्वयन गरिने तथा दूरगामी महत्वका ५९ वटा योजना बैठकमा पेश गर्नुभएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज सहरी योजना आयोगका पदाधिकारी, विज्ञ र विभागका प्रमुखहरुका बिचमा राखिएको बैठकमा विभागीय प्रमुखहरुले नियमित प्रकृतिका भन्दा नविन प्रकारका र नीतिगत तथा संरचनागत रुपमा दिगो प्रभाव राख्ने खालका कार्यक्रम पेश गर्नुभएको हो । यसरी बैठकमा राखिएका योजनाको विश्लेषण गर्दै कार्यवाहक प्रमुख डंगोलले, जनसाधारणको दैनिकी, सहरी सुरक्षा, सहजता र जीवन्तता, मूर्त अमूर्त सांस्कृतिक सम्पदा तथा रैथाने सिप, शिल्प र कला, रोजगार तथा स्वरोजगारमूलक तालिम, सार्वजनिक सम्पत्तिमा पहुँच अभिवृद्धि जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो । उहाँले विभागबाट पेश भएका प्राथमिक योजनाका अतिरिक्त, ‘सडक बत्ती जडान, सुन्धारामा प्राकृतिक पानीको स्रोत तथा निकासको व्यवस्था, श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माण, भूमिगत पानी पुनःभरण, पुर्ण मापदण्ड पूरा भएको पहुँचयुक्त सडक (कम्प्लिट सेट अफ रोड) को नमूना निर्माण लगायतका कामलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभएको हो । त्यस क्रममा उहाँले, साउन महिनाभित्र वार्षिक कार्ययोजना स्वीकृत गराउन र प्राथमिकतामा राखिएका योजना अर्थपूर्ण कार्यान्वयन गर्न निर्देशन दिनुभयो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले, विभागहरुबाट प्राथमिकता निर्धारण गरिएका कार्यक्रमलाई आन्तरिक तथा आपसी समन्वय र सामुहिक निर्णयबाट प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो । ‘निश्चित समयभित्र नतिजा देखिने गरी कार्यक्रम कार्यान्वयन हुनेछन् ।’ अर्यालले कार्यान्वयन प्रतिवद्धता व्यक्त गर्नुभयो । महानगरपालिकाको योजनाबद्ध र सन्तुलित विकासका लागि सहरी योजना आयोगले आवधिक योजना तर्जुमा गरिरहेको आयोगका उपाध्यक्ष डा