रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। घटनामा २ जना घाइते भएका छन्। बुधबार राति करिब ८ः४० बजे खसेको पहिरोले स्थानीय कमलबहादुर पुनमगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको हो। पहिरोमा पुरिएको अवस्थामा ६० वर्षीय कमलबहादुर पुनमगर