काठमाडौं : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा बिहीबार दिउँसो नेपाल फर्किंदैछन्। देउवा दिउँसो १२: २० बजे थाई एयरवेजमार्फत बैंकक हुँदै काठमाडौं आउने कार्यक्रम छ। उनको स्वागतका लागि कांग्रेसको इतर पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतार्ने तयारी गरेको छ। यसअघि देउवा राति ९: ४५ बजे काठमाडौं आउने कार्यक्रम थियो। तर रातिको समयमा नेता, कार्यकर्ता विमानस्थलमा उपस्थित हुन कठिन हुने भन्दै इतर पक्षको आग्रहमा आगमन समय दिउँसो सारिएको कांग्रेस नेता डा. प्