एयरलाइन्सभित्र लैंगिक विभेदको मुद्दा अदालतदेखि आयोगसम्म

  • बिहीबार २८ साउन २०८३ ०८:०० AM
काठमाडौं : एकै कार्यालयमा कुनै कर्मचारीको अवकाश उमेर हद ४५ वर्ष, कसैको ६५ वर्षसम्म। सरकारले निजामती कर्मचारीको उमेर हद ५८ वर्षसम्म बनाउने गृहकार्य गरिरहेका बेला राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समा कार्यरत क्याबिन क्रु (एयर होस्टेस)हरू भने आफूहरूलाई भेदभावपूर्ण तवरले ४५ वर्षमै घर पठाउन खोजिएको भन्दै न्यायको लडाइँमा छन्।एयरलाइन्समा हालसालै मात्र ७८ वर्षीय कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठ भित्रिँदा सोही कार्यालयका २ जना वरिष्ठ विमान परिचारिकालाई भने ४५ वर्षे उमेर हदकै कारण घर पठाउन