रोल्पाको उवामा पहिरोले पुरिएर दुई जनाको मृत्यु, १० जना बेपत्ता

  • बिहीबार २८ साउन २०८३ ०८:०० AM
रोल्पा : अविरल वर्षापछि आएको पहिरोमा परेर रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा २ जनाको मृत्यु भएको छ। बुधबार साँझ करिब ८:४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब आधा दर्जन घर तथा गोठ पुरिँदा १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक पंचकुमार बाखुले जानकारी दिए। प्रहरी टोली राति १०:१५ बजे घटनास्थल पुगेपछि प्रारम्भिक खोज तथा उद्धारका क्रममा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर पहिरोमा पुरिएर मृत्यु भएक