रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ –५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६०वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२