सरकारले एनसेल आजियाटाको शेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन सार्वजनिक गर्नुका साथै समितिले दिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेपछि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले करिब तीन वर्षअघि पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा एनसेलको शेयर खरिद-बिक्रीबारे अध्ययन तथा छानबिन