नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन् । देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज (बिहीबार) मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी रहेको छ । देउवा स्वास्थ्य उपचारका