कांग्रेसलाई मिलाउन गगन थापालाई डा. अन्सारीको आग्रह : ‘गुट होइन, इतिहास जोगाउनुहोस्’

  • बुधबार २७ साउन २०८३ ०५:२९ PM
काठमाडौं । नेपाली कांग्रेसलाई गुटगत विभाजनबाट जोगाउँदै पार्टी एकता कायम गर्न पूर्वमहामन्त्री गगनकुमार थापालाई डा. अबुल हुसेन अन्सारीले आग्रह गरेका छन्। अन्सारीले एक अपिल जारी गर्दै कांग्रेस कुनै व्यक्ति, परिवार, गुट वा पुस्ताको निजी सम्पत्ति नभएको बताएका छन्। कांग्रेस हजारौँ नेता–कार्यकर्ता तथा लोकतन्त्रका लागि संघर्ष गरेका नागरिकको त्याग, पसिना र बलिदानबाट निर्माण भएको उनको भनाइ छ। उनले कांग्रेसको चारतारे झण्डा र रुख चिन्ह कुनै गुटको शक्ति प्रदर्शन गर्ने प्रतीक नभई पार्टीको साझा पहिचान र लोकतान्त्रिक संघर्षका प्रतीक भएको बताएका छन्। ‘कांग्रेसलाई मिलाउनुहोस्,’ अन्सारीले थापालाई आग्रह गर्दै भनेका छन्, ‘पार्टी विभाजित हुँदा टुक्रिने केवल ... The post कांग्रेसलाई मिलाउन गगन थापालाई डा. अन्सारीको आग्रह : ‘गुट होइन, इतिहास जोगाउनुहोस्’ appeared first on Kalika Khabar.