काठमाडौं : पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको भूकम्पपछि ३६ घण्टासम्म भग्नावशेषमा फसेकी ३२ वर्षीया महिलाको जीवितै उद्धार गरिएको छ।पेरेइरा सहरमा भत्किएको भवनको भग्नावशेषमा फसेकी डेनिएला लार्गोलाई करिब १० घण्टासम्म चलेको उद्धार अभियानपछि जीवितै बाहिर निकालिएको हो।उद्धारकर्मीहरूले चारवटा भारी कंक्रिट स्ल्याबमुनि पुरिएकी लार्गोसम्म पुग्न सुरुङ खनेका थिए। त्यसपछि उनलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।आधिकारिक तथ्यांकअनुसार पश्चिमी कोलम्बियामा गएको भूकम्पमा कम्तीमा १८८ जनाको मृत्यु भएको छ