काठमाडौं : जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले श्रेष्ठलाई ललितपुरको कुसन्तीबाट पक्राउ गरेको हो।प्रहरी स्रोतका अनुसार श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको हो। उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको आरोपमा पक्राउ प्रहरीले जनाएको छ।