१० सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता

  • बुधबार २७ साउन २०८३ ०२:४२ PM
काठमाडौं । लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै विभिन्न १० वटा सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो । प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले