राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस

  • बुधबार २७ साउन २०८३ ०९:०० PM
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कार्यहरू समेटिएको वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष पेस गरेको छ।भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यका साथ स्थापित केन्द्रले २५ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रतिवेदन निकालेको हो।उक्त आर्थिक वर्षमा केन्द्रमा प्राप्त २ हजार ५ सय ६६ उजुरीमध्ये १ हजार ८ सय ५४ (७२ प्रतिशत) उजुरी फर्छ्योट भएको प्रतिवेदनमा उल्लेख छ। यसमा