काठमाण्डु – नेपाली कांग्रेसले निजी क्षेत्रलाई नियन्त्रण र शंकाको दृष्टिले हेर्ने सरकारी नीति परिवर्तन गरी लगानीमैत्री वातावरण निर्माण गर्न माग गरेको छ । कांग्रेसले निजी क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गर्दै सरकारसँग व्यावसायिक वातावरण, सीमा सुरक्षा, कर्जा प्रवाह तथा नीतिगत स्थिरता सहितका विषयमा तत्काल सुधार गर्न माग गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको