एआई र प्रविधिको दुरुपयोग गरी भ्रामक सामग्री नबनाउन साइबर ब्यूरोको सचेतना

  • बुधबार २७ साउन २०८३ ०१:११ PM
काठमाण्डु – नेपाल प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा प्रविधिको दुरुपयोग गरी कृत्रिम फोटो तथा भिडियो निर्माण गर्ने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्रहत्या गर्ने गतिविधि बढेको भन्दै आम नागरिकलाई सचेत गराएको छ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले बुधबार सार्वजनिक गरेको सचेतनामूलक विज्ञप्तिमा पछिल्लो समय एआई प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल