काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तीन तहका सरकारले नै युवाका अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोगले युवाको विचार सुन्न, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउन तथा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्न आग्रह गरेको हो । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, शैक्षिक