सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा नेपाली सेनाको हेलिकप्टर निःशुल्क व्यवस्था गरी दुवै जनालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्याइएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार थुलुङ दूधकोशी गाउँपालिका–७ की ३८ वर्षीया शारदा बस्नेतलाई प्रसूति जटिलता देखिएपछि सेनाको