काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले गुणस्तरीय बजार अनुगमनका लागि प्रयोगशाला र प्राविधिक जनशक्तिको अभाव रहेको बताएका छन् । बुधवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले पर्याप्त जनशक्ति नहुँदा बजार अनुगमनको कार्य प्रभावित भएको बताएका हुन् । उनले पछिल्लो समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन