काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित दुई चमेना गृह खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना नगरेको पाइएपछि कारबाहीमा परेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गरेको अनुगमनका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेको ‘किशु चमेना गृह’ र अर्थ मन्त्रालयमा रहेको ‘मनकामना आरएसजेभी