कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, मन्त्रीहरूले दिए राजीनामा

  • बुधबार २७ साउन २०८३ १२:३१ PM
सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन् । कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले मन्त्रीहरूले राजीनामा दिएको जानकारी दिए । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन दबाब थियो ।