भ्याली फर्स्ट फुटसल प्रतियोगिता–२०८३ को तयारी पूरा, ४५ टोलीले प्रतिस्पर्धा गर्ने

  • बुधबार २७ साउन २०८३ १०:२४ AM
काठमाडौं । ‘भ्याली फर्स्ट फुटसल प्रतियोगिता–२०८३’ को पूर्वसन्ध्यामा अनेरास्ववियु र पत्रकारबीच मैत्रीपूर्ण फुटसल खेल तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ । अनेरास्ववियु उपत्यका विशेष बागमती कमिटीको आयोजनामा धुम्बाराहीस्थित धनन्तरी फुटसलमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । भोलि बिहान ७ः३० बजे अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नेछन् । उद्घाटन कार्यक्रम धनन्तरी फुटसल, धुम्बाराहीमा आयोजना हुनेछ । प्रतियोगितामा ४५ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । विभिन्न क्षेत्रबाट सहभागी हुने टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । ठूलो संख्यामा टोलीको सहभागिता रहने भएपछि ... The post भ्याली फर्स्ट फुटसल प्रतियोगिता–२०८३ को तयारी पूरा, ४५ टोलीले प्रतिस्पर्धा गर्ने appeared first on Kalika Khabar.