प्रशासनिक झन्झट र नीतिगत अस्थिरताले विदेशी लगानीकर्ता निराश, ‘लगानीको वातावरणमा विश्वास जगाउनुपर्छ’

  • बुधबार २७ साउन २०८३ ११:२७ AM
काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षाअनुसार भित्रिन नसक्नुमा प्रशासनिक झन्झट, नीतिगत अस्थिरता र लगानीकर्तामैत्री वातावरणको अभाव प्रमुख कारण रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’मा सहभागीहरूले विदेशी लगानी आकर्षित गर्नुअघि आन्तरिक लगानीकर्ताको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिल्सिनाका अनुसार गत वर्ष नेपालमा करिब १२ अर्ब रुपैयाँ बराबरको एफडीआई भित्रिएको थियो । त्यसमध्ये करिब ४ अर्ब रुपैयाँ लाभांश फिर्ताका रूपमा बाहिरिएको उनले जानकारी दिए । राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा ... The post प्रशासनिक झन्झट र नीतिगत अस्थिरताले विदेशी लगानीकर्ता निराश, ‘लगानीको वातावरणमा विश्वास जगाउनुपर्छ’ appeared first on Kalika Khabar.