हाजिरी मिलाएर साढे तीन लाख बढी तलब निकासा, प्रधानाध्यापक र शिक्षिकाविरुद्ध मुद्दा

  • बुधबार २७ साउन २०८३ ०६:०१ PM
काठमाडौं : सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षिका  प्रियंका कुमारी सिंहविरुद्ध सरकारी रकम हिनामिना तथा सरकारी  कागजात सच्याएको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा आरोप -पत्र दायर गरेको हो।आयोगका अनुसार शिक्षिका सिंह २०७९ साल वैशाखदेखि कार्त्तिक १८गतेसम्म विद्यालयमा अनुपस्थित रहेपनि तत्कालीन प्रधानाध्यापक यादवले कारवाही गर्नुको सट्टा हाजिरी