काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१)मा नेपालले जलवायु न्याय, अनुकूलन र जलवायु वित्तमा पहुँचको विषयलाई प्रमुख एजेन्डाका रूपमा उठाउनुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको असरबाट गहिरोसँग प्रभावित भइसकेको उल्लेख गर्दै अनुकूलनका