काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले युवा नेतृत्वमा सरकार बनेको ४ महिनासम्म पनि माइतीघर मण्डलामा भीडभाड कायमै रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको ४ महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताए । ‘हामी ४ महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ