काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले युवाहरू देशको भविष्य मात्र नभई वर्तमानका मुख्य नेतृत्वकर्ता भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थेबेले युवालाई राज्यको नीति निर्माणको तहमा सहभागी गराउनुपर्नेमा जोड दिए । युवालाई नीति निर्माणमा सहभागी गराउने उद्देश्यले नै युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद् र युवा नीति निर्माण गरिएको उनले बताए