काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले सुरक्षित आवास गृहमा रहेका हिंसापीडित महिलाको सुरक्षा तथा पुनर्स्थापनाका लागि उद्धार कोष स्थापना गर्न र यौन हिंसाबाट जन्मिएका बालबालिकाको जन्म दर्ता तथा नागरिकता प्राप्तिमा देखिएका कानुनी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनीहरूले सरकारको ध्यानाकर्षण