निगमले भन्यो: दशैं–तिहारका लागि इन्धन पर्याप्त हुन्छ, संकट आउँदैन

  • बुधबार २७ साउन २०८३ ११:५१ AM
काठमाठौं । नेपाल आयल निगमले आगामी दसैँ–तिहारलगायतका चाडपर्वमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने जनाएको छ । बुधवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको पर्याप्त मौज्दात रहेकोले कुनै समस्या नआउने जानकारी दिएका हुन् । औसतमा १३ देखि १४ दिनको स्टक