गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको अपरेटिङ बेस, पाइलट प्रशिक्षण सुरु

  • बुधबार २७ साउन २०८३ ११:५३ AM
नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो वायुयानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अपरेटिङ बेस बनाउने तयारी स्वरुप मंगलबार देखि उडान प्रशिक्षण सुरु गरेको हो । निगमका अनुसार आफ्ना फस्र्ट अफिसर (पाइलट) हरुलाई एयरबस ३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराउन लागिएको