तनहुँ । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८२/८३ मा सुन्तला बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत पाँच हेक्टर क्षेत्रफलका लागि रु पाँच लाख ६९ हजार अनुदान उपलब्ध गराएको हो । कार्यालय प्रमुख परशुराम अधिकारीले उक्त वर्षमा अनुदानका लागि सात लाख ५० हजार बजेट