धनकुटामा एक हजार ५२१ किलो गाँजा नष्ट

  • बुधबार २७ साउन २०८३ १०:३५ AM
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले विभिन्न मिति र स्थानहरूबाट बरामद गरेका लागुऔषधहरुलाई धनकुटा नगरपालिका–९ मूलघाटमा रहेको तमोर नदी किनारमा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको रोहवरमा