सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो। बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालक र जिपधनी भेरी नदीमा बेपत्ता