काठमाडौं। अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले १ महिने निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ उठाउन बोलकबोल आह्वान गरेको हो। राष्ट्र बैंकका अनुसार आज साउन २७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल हुनेछ। यस उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ३१ गते हुनेछ। यसको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम बढीमा १० करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ। निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र ... The post अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक appeared first on Kalika Khabar.