सल्यानको बालुवासंग्रहीमा बोलेरो जीप भेरीमा खस्यो,दुई जना बेपत्ता

  • बुधबार २७ साउन २०८३ ०४:०१ PM
वीरेन्द्रनगर : सुर्खेत र सल्यानको सिमानामा पर्ने बालुवासंग्रहीमा बोलेरो जीप भेरी नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । लु १ ज ३०२२ नम्बरको बोलेरो जीप भेरी नदीमा डुबेको हो । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले जीपमा चारजना सवार रहेको बताए । उनका अनुसार जीप भेरीमा खसेपछि दुईजना पौडिएर नदीबाट सकुशल बाहिर निस्कन सफल भएका छन् । तर, जीपमा सवार अन्य दुई जना भने बेपत्ता छन् । बेपत्ताको खोजीका लागि प्रहरी टोली परिचालन गरेको छ।जीप सडकबाट अनियन्त्रित भई भेरी नदीमा खसेको प्रारम्भिक