अवसर खोज्न युवाले कार्यालयहरु धाउनु पर्ने अवस्थाको अन्त्य गरेरै छाड्छौं : मन्त्री यादव

  • बुधबार २७ साउन २०८३ ०४:०१ PM
काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू र युवा तथा साना व्यवसायी स्वरोजगार कोष लगायतका संयन्त्रहरूलाई आबद्ध गरेर ‘युथ इकोसिस्टम’ नि