सौराहामा ‘हात्तीको वनभोज’, ६० वटा सहभागी

  • बुधबार २७ साउन २०८३ ०४:०१ PM
चितवन : चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ  । वनभोज कार्यक्रममा हात्तीलाई मन पर्ने परिकार र फलफूलहरू सामुहिक रूपमा खुवाइएको थियो । उक्त अवसरमा हात्तीहरूलाई भेली चामलको खिर, पाउरोटी, उखु, गाजर, ड्राईगन फ्रुट, केरा, फर्सी, खरभुजा लगायतको परिकार खान दिइएको थियो ।वनभोजमा सरकारी र निजी गरी ६० वटा हात्तीहरू सहभागी रहेका थिए । सधै जंगल गस्ती र पर्यटकलाई जगल सफारी गराउन व्यस्त रहने हात्तीहरू वनभोजमा रमाएका थिए । ह