राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएको धवल शमशेर राणा समूहले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गर्ने तयारी गरेको छ। पार्टी दर्ताका लागि आगामी भदौ २९ गते निर्वाचन आयोग जाने तयारी गरेको छ। राणा समूह र व्यवसायी दुर्गा प्रसाईं पक्षबीच नयाँ पार्टी गठन गर्ने सहमति भए पनि पछिल्लो समय नेतृत्व, अधिकार र पार्टीको वरीयतालाई