काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता बैद्यज अर्गनाइजेशनले २५० सीसी सेग्मेन्टको यो मोटरसाइकल सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको हो। मंगलबारदेखि काठमाडौंमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर मोर्बिडेली टी २५० एक्सलाई सार्वजनिक तथा प्रदर्शनीमा राखिएको हो। कम्पनीले टी २५० एक्सको मूल्य ६ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ। यो नेपाली बजारमा उपलब्ध मोर्बिडेलीको सबैभन्दा किफायती मोटरसाइकल हो। नयाँ मोडलको आगमनसँगै नेपाली एड्भेन्चर मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने कम्पनीको अपेक्षा छ। यसअघि ... The post नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार appeared first on Kalika Khabar.