नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, मूल्य ६ लाख ८४ हजार

  • बुधबार २७ साउन २०८३ ०९:०९ AM
काठमाडौं। वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्राण्ड अल्ट्राभायोलेटको नयाँ क्रसओभर मोटरसाइकल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले सार्वजनिक गरेको एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ तोकेको छ। क्रसओभर डिजाइन, आधुनिक प्रविधि र उच्च प्रदर्शनलाई संयोजन गरिएको यो मोटरसाइकलले नेपाली इलेक्ट्रिक मोटरसाइकल बजारमा नयाँ विकल्प थप्ने कम्पनीको विश्वास छ। अल्ट्राभायोलेट एक्स४७ दैनिक आवागमन, रोमाञ्चक यात्रा तथा एड्भेन्चर राइडिङमा रुचि राख्ने राइडरलाई लक्षित गरी विकास गरिएको कम्पनीले जनाएको छ। वैद्यज अर्गनाइजेशनले यसअघि नै नेपाली बजारमा अल्ट्राभायोलेटको एफ–७७ ओरिजिनल ... The post नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, मूल्य ६ लाख ८४ हजार appeared first on Kalika Khabar.