साउदी अरब : साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना र अन्य क्षेत्रमा २०० जना रहेका छन् । जेलमा रहेका नेपालीको मुद्दाको प्रकृति हेर्दा सबैभन्दा गम्भीर अवस्था लागूऔषध र मदिरासम्बन्धी अपराधमा देखिएका